नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

रामेछाप लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

ओखलढुङ्गान्युज, साउन ३०, २०७७ रामेछाप रोमछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द  बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक लेनदेनको विषयमा पालिका कै एकजनालाई अपहरण  गरि शरीर बन्दक बनाएको आरोपमा खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला पहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक वसन्त पाठकले अध्यक्ष खड्कालाई पक्राउ गरेको पुष्टि गर्नुभएको छ । स्थानीय एक उपभोक्ता समितिका सदस्यलाई नियन्त्रणमा लिई अध्यक्ष खड्काले जवरजस्ती चेकमा सहि गर्न लगाएको भन्ने उजुरी परेपछि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

गाउँपालिकाको काममा बेलाबेलामा विवादमा आईरहने खड्का तत्कालीन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । घटना सार्वजनिक भएर प्रहरीले पक्राउ गरेसँगै हाल अध्यक्ष खड्कालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको सबै जिम्मेवारीवाट निलम्बन गरेको छ ।