नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गामा अरीङ्गालले टोक्दा एक बालकको ज्यान गयो

ओखलढुङ्गान्युज, साउन २९, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा अरीङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ । अरीङ्गालले टोक्दा जिल्लाको लिखु गाउपालिका वडा नं २ कुवापानी सानोनिगालेका प्रेम बहादुर तामाङका छोरा वर्ष ७ का विनोद तामाङको ज्यान गएको हो ।

मृतक तामाङ लिखु गाउँ पालिका वडा नं २ मा रहेको जनज्योति माध्यमिक विद्यालय हुलाकचौरमा कक्षा २ मा अध्ययनरत विद्यार्थी हुन । मृत्यु भएका बालक तामाङसगै खेलि रहेका उनका साथि ९ वर्षिय अनुस तामाङ गम्भिर घाइते भएका छन् । बालकहरु खेल्ने क्रममा घरबाट करिब ३ सय मिटर टाढा रहेको अरिङ्गालले उनीहरूलाई टोकेको लिखु गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिनुभयो ।

मंगलबार साँझ साथिहरुसँग खेल्ने क्रममा उनीहरुलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेर घाईते भएपछि बालकलाई उपचारको लागी रानीवन प्राथमिक स्वास्थ चौकी लगिएको थियो । तर अस्पताल लैँजादै गर्दा विनोदको बाटोमै मृत्यु भएको ढिला जानकारी आएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

घाइते अनुस तामाङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि तत्काल मन्थली सामुदायिक अस्पतालमा पुर्याई उपचार गरिएको थियो । उपचार पश्चात घाइते बालकको स्वास्थ्य अवस्थामा सुधार आएपछि विहिवार घर ल्याइएको स्थानीय शिवराम खड्काले जानकारी दिनुभयो । घटनाको बारेमा आफुहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।