नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

विहिबारवाट देशैभर गाडीको सवारी पास नपाईने

ओखलढुङ्गान्युज, साउन २८, २०७७ ओखलढुङ्गा साउनको अन्तिम साता वित्दै गर्दा नेपालमा कोरोनाले संक्रमणको दर उच्च बनाएको छ । संक्रमणको दर तिब्र रुपमा फैलिएपछि कुनैपनि सवारी पास जारि नगर्न गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै २९ गतेबाट सबै प्रकारको सवारी पास रोक्न निर्देशन गरेको हो । अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रायले बुधबार परिपत्र गरेको हो ।

‘मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।