नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा बुधबार थपिए १ जना कोरोना संक्रमित

ओखलढुङ्गान्युज, साउन २९, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा बुधबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले ओखलढुङ्गाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रबक्ता डा. गौतमले पुष्टि गरेपनि संक्रमित व्यक्ति ओखलढुङ्गाका कुन स्थानीय तहका हुन् भनेर खुलेको छैन । ललितपुरको पाटन अस्पतालमा स्वाव परीक्षणका क्रममा ओखलढुङ्गाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ओखलढुङ्गाका कोरोना संक्रमित व्यक्ति थपिएको बारेमा आफुहरुलाई केही थाहा नभएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताउनुभयो ।

भट्टराईले भन्नुभयो, ‘शोमबार मात्रै ओखलढुङ्गाबाट १ सय ११ जनाको स्वाबलाई पिसिआर परीक्षणका लागि पठाईएको छ । उनीहरुको रिपोर्ट विहिबार मात्र आउने कुरा छ । बाहिरी जिल्लामा विभिन्न काम तथा रोजगारको सिलसिलामा रहेको ब्यक्तिको उतै परीक्षण पोजेटिभ आएको हुन सक्छ । त ओखलढुङ्गाका कसैको पनि पछिल्लो समय कोरोना परीक्षण पोजेटिभ आएको छैन ।’

पछिल्लो समय ओखलढुङ्गाका कसैमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ नआएपनि जोखिम भने बढेर गएको छ । होटल, पसल, सरकारी कार्यालयको काम काजमा आएका धेरैले सुरक्ष अपनाएको देखिन्न । त्यसैले कुनै अपिसको काममा जादा, घरवाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भिडभाड नगर्न सबैमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अनुरोध गरेको छ ।