नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७९ पुग्यो

ओखलढुङ्गान्युज, साउन २६, २०७७ । काठमाण्डौं । विगत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । शोमबार अपरान्ह प्रेस व्रिफिङ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको दर निकै उच्च गतिमा थपिएको छ । प्रबक्ता डा. गौतमका अनुसार शोमबार देशभर ३ सय ३८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । शोमबार मात्रै उपत्यकामा ९२ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

मन्त्रालयका प्रबक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार शोमबार देशभरवाट १ सय ४० जना कोरोना संक्रमितहरु निको भई घर फर्किएका छन् । शोमबार सम्म नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या २३ हजार ३ सय १० पुगेको छ । कोरोना निको भई घर फर्कनेहरुको संख्या पनि १६ हजार ४ सय ९३ पुगेको छ ।