नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा २४ घण्टे हटलाईन सेवा सञ्चालन

ओखलढुङ्गान्युज, साउन २५, २०७७ । ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले भदौ १ गतेवाट २४ घण्टे हटलाईन सेवाको सुरुवात गर्ने भएको छ । नागरिक तथा सेवाग्राहीहरुको गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालयमा नै २४ घण्टे हटलाईन सेवा सञ्चालन गनै लागेको हो ।

जिल्ला प्रशासन कार्यालयले लामो प्रयास पश्चात हटलाईन सेवा सञ्चालन गर्न लागिएको हो । प्रशासनले सञ्चालन गर्ने हटलाई सेवा मार्फत नागरिकहरुले २४ घण्टा नै निश्चित प्रकारका गुनासो राख्न सक्नेछन् । जसमा शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह र विपद्सँग सम्बन्धित गुनासोहरु राख्न सकिने जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

हटलाईनसेवा सञ्चालनका लागि दुई जना कर्मचारीको नियमित व्यबस्था गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नागरिकको गुनासोका आधारमा तत्काल नै जिल्ला प्रशासनले एक्सन लिनेछ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार रातको समयमा आएका गुनासा भएमा रातमा सम्बोधन गर्न सकिने र पर्ने भए तत्काल र नपर्ने भए त्यसको भोलि पल्ट गुनासोको सम्बोधन गरिनेछ । नागरिकहरुको गुनासाका बारेमा जिल्ला प्रशासनको तर्फवाट भएका प्रगतीको बारेमा समेत गुनासो कर्तालाई हटलाईन मार्फत नै जानकारी गराईनेछ ।

नागरिकको गुनासो सुन्न र आपत परेका बेलामा तत्काल उद्दारका लागि खटिन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले ०३७५२०७३३ नम्बरको हटलाईन फोनको व्यबस्था गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।