नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार नाघ्यो

ओखलढुङ्गान्युज, साउन , २०७७ काठमाण्डौं शुक्रबार  विहान सम्म विश्वमा कोरोना भाईरस संक्रमितहरुको संख्या १ करोड ५६ लाख नाघेको छ । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा शुक्रबार विहान सम्म कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १ करोड ५६ लाख ४१ हजार ९ सय ६ पुगेको वल्डमिटरले जनाएको छ ।

त्यस्तै कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा आईतबार विहान सम्म ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार ६ सय ६६ जनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार यो समयाबधीमा कोरोनावाट निको हुनेको संख्या पनि ९५ लाख ३० हजार १३ पुगेको वल्ड मिटरले जनाएको छ ।

शुक्रबारसम्म नेपालमा पनि कोरोनाका संक्रमितहरु मध्ये ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । संक्रमित १८ हजार २ सय ४१ मध्ये विहिबार साँझसम्म १२ हजार ८ सय ४० निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको जोखिम रहेकै बेला नेपालमा चैत ११ गतेदेखी भैरहेको लकडानलाई भने हटाईएको छ ।