नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा थपिए १५ कोरोना संक्रमित

ओखलढुङ्गान्युज, साउन , २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा विहिवार १५ जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोनाका संक्रमण देखिएकाहरु सबै छिमेकी मूलुक भारतका रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

उनीहरु सबै सोलुखोला हाईड्रोपावर १ सय ३२ केभिए विद्युत प्रसारण लाइनका प्राबिधिक कर्मचारी र कामदार रहेको पनि जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । उनीहरु सबै जना असार २६ गते भारतबाट ओखलढुङ्गा आएका थिए । भारतवाट आएका उनीहरु विद्युत प्रसारण लाईनको पोल गाड्ने र तार टाङ्ने कामका लागि ओखलढुङ्गा सोलु खण्डमा काम गर्दै रहेका थिए ।

कोरोना महामारीको बेलामा बाहिरवाट गाउँमा आएकोले कोरोना संक्रमित व्यक्ति समेत हुनसक्ने भन्दै उनीहरुलाई काम गर्न स्थानीयहरुले अबरोध गरेका थिए । जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले भने जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारसँग समन्वय गरि मानेभञ्ज्याङ्ग गाउँपालिकामा उनीहरु २०  जनाको स्वाब संकलन गरेको थियो । संकलित स्वाबलाई परीक्षणका लागि विराटनगर पठाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।

भारतीय कामदाहरु सगै मानेभञ्ज्याङ्ग गाउँपालिकावाट २५, सिद्धिचरण नगरपालिकावाट ५ जना, सुनकोसी गाउँपालिकावाट ४ जना,  चम्पादेवी गाउँपालिकावाट २१ जना गरि जम्मा ५५ जनाको स्वाव पिसीआर परीक्षणका लागि असार २७ गते स्वाब विराटनगर पठाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । ५५ जनामा ५ जना महिला र ५० जना पुरुष रहेका थिए ।

ओखलढुङ्गामा काम गर्न समस्या भएपछि हाईड्रोपावरको समन्वयमा कम्पनीले विहिवार विहान नै कटारीमा रहेको हाईड्रो पावरको क्याम्पमा लगेका थिए । कम्पनीको क्याम्पमा लगिएका उनीहरुको पिसिआर परीक्षण १५ जनाको पोजेटिभ र ५ को संकास्पद आएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा उनीहरु सबैलाई हाल मोरङको गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

परीक्षणका लागि स्वाब पठाईएकाहरु मध्ये ३५ जनाको नेगेटिभ, ५ जनाको संकास्पद र १५ जनाको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार लिखु वडा नं. २ का कोरोना संक्रमित ७२ वर्षिय पुरुषको सम्पर्कमा आएका १ सय २५ जनाको स्वाबलाई पनि कोरोना परीक्षणका लागि विहिबार पठाईएको छ ।

यो संग ओखलढुङ्गामा कोरोना संक्रमित हुनेहरुको संख्या २१ पुगेको छ । संक्रमित मध्ये १ जना कोरोना निको भएर घर फर्किएका छन् भने १ जनाका घरमा नै र अरु ४ जनाको ओखलढुङ्गा सामुदायीक अस्पतालको आईसोलेसनमा राखी उपचार भैरहेको छ ।