नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सुनकोसी गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि 

ओखलढुङ्गान्युज, असार ३०, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा एकजना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको सुनकोसी गाउँपालिकाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक थपिएको हो । सुनकोसी गाउँपालिका वडा नं. ५ का २४ वर्षिय एकजना पुरुषमा कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको हो ।

विदेशमा रहेकाहरुलाई नेपालमा भित्र्याउन नेपाल सरकारले सहजिकरण गरेसँगै केहि दिन अगाडी उनी साउदी वाट नेपाल आएका थिए । नेपाल आएका उनीलाई नेपाली सेनाको सहयोगमा ओखलढुङ्गासम्म ल्याईएको थियो । ओखलढुङ्गा ल्याउनासाथ उनलाई सिद्धिचरण नगरपालिकाले निर्माण गरेको ओखलढुङ्गा क्याम्पस भवनमा रहेको क्वारेन्टिनमा राखिएको थियो । संक्रमित युवा यो समाचार तयार पार्दा सम्म क्याम्पस भवन कै क्वोन्टिनमा रहेका छन् ।

केही दिन अगाडी लिईएको स्वावलाई परीक्षण गर्दा सुनकोसी गाउँपालिका वडा नं. ५ का २४ वर्षिय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । उनी सगै कोरोना परीक्षणका लागि पठाईएका २० जनाको भने पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

मंगलबार १ जना नयाँ संक्रमित थपिए सगै ओखलढुङ्गामा कोरोना संक्रमित हुनेहरुको संख्या ६ पुगेको छ । यस अगाडी लिखु गाउँपालिकाको वडा नं. ३ का २८ वर्षिय पुरुष, वडा नं. ४ का २२, २८ र ३० वर्षका पुरुष र वडा नं. २ का ७२ वर्षिय एक पुरुषमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो ।

संक्रमित मध्ये वडा नं. ३ का पुरुष कोरोना निको भएर घर फर्किएका छन् । वडा नं. ४ का तिनै जना पुरुषलाई ओखलढुङ्गा सामुदायीक अस्पतालको आईसोलेसन कक्षमा राखेर उपचार भैरहेको छ । त्यस्तै वडा नं. २ का ७२ वर्षका पुरुषको भने घरमा नै आईसोलेसन कक्ष निर्माण गरि कोरोना उपचार भैरहेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।