नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

कोरोना भाईरस संक्रमण फैलन नदिन लिखुमा सिल

ओखलढुङ्गान्युज, असार २९, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं.  लाई सिल गरिएको असार २६ गते कोरोना भाईरस संक्रमणको पुष्टि भएका लिखु का पुरुषको छिमेक आसपासका १७ घरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो वडालाई सिल गरिएसगै वडा भित्र आउने वाहिरीनेहरुलाई कडाई गरिएको

फोक्सोको क्यान्सरको उपचार गराउन असार १८ गते काठमाण्डौं लगिएका उनलाई स्वास्थ्य अवस्था थप कमजोर भएपछि असार २५ गते गाउँमा ल्याईएको थियो कोरोना परीक्षणका लागि स्वाव दिएर घर ल्याईएका उनको २६ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो गाउँमा ल्याउने क्रममा ल्याईएपछि उनको टोलका धेरै व्यक्तिहरु सम्पर्कमा आएकोले कोरोना संक्रमण बाहिर नफैलियोस भनेर टोललाई सिल गरिएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको

जिल्ला कमाण्ड पोष्टको बैठकले निर्णय गरि संक्रमित पुरुषको अबस्था गम्भिर रहेकोले उनलाई अक्सिजन ग्यासको व्यबस्था गरि घरमा नै राखेर थप उपचार गर्ने ब्यबस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो टोलमा सिल गरेपछि सिल गरिएका क्षेत्रका नागरिकहरुलाई वाहिर अन्य स्थानमा जान अरु स्थानका नागरिकलाई उक्त क्षेत्रमा प्रबेशमा कडाई गरिएको गाउँपालिकाको नगर प्रहरी जनपद प्रहरीको सहयोगमा सिल गरिएको क्षेत्रलाई निगरानीमा राखिएको जिल्ला कमाण्ड पोष्टले जनाएको

संक्रमितको सम्पर्कमा आएकाहरुलाई तुरुन्त पिसिआर परीक्षण गर्दा सहि रिपोर्ट नआउन सक्ने भएकोले केही दिन पर्खिएर संक्रमितको सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षण गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको संक्रमितको सम्पर्कमा आएका १७ घरधुरीका सय जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिनेछ असार ३१ गते स्वावलाई संकलन गरि कोरोनाको परीक्षणका लागि पठाईने जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो