नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा शुक्रबार थपिए फेरी कोरोनाका संक्रमित

ओखलढुङ्गान्युज, असार २६, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा शुक्रबार एकजना कोरोनाका संक्रमित थपिएका छन् । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका घर भएका एक ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

लामो समय देखी काठमाण्डौंमा उपचार गराईरहेका लिखु गाउँपालिकाका क्यान्सर पिडित ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । क्यान्सर पिडित ती पुरुषलाई केहीदिन अघिमात्रै गाउँमा ल्याईएको थियो ।

गाउँमा ल्याईएका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमितको उपचा व्यबस्थापन कसरी गर्ने भन्ने विषयमा अहिले जिल्ला कमाण्ड पोष्टको बैठक बसीरहेको छ । घरमा ल्याईएपछि उनको सम्पर्कमा आएका परिवारका अरु व्यक्तिमा संक्रमण भए नभएको बारेमा कोरोना परीक्षणका लागि कन्ट्रयाक्ट ट्रेसिङको काम भैरहेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

लिखुमा शुक्रबार एकजना कोरोना संक्रमित थपिएसगै ओखलढुङ्गामा कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ । कोरोना संक्रमित सबै पाँचैजना पुरुष रहेका छन् । संक्रमित मध्ये १ जना भने कोरोना उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।