ओखलढुङ्गाका पत्रकारहरुको पिसीआर परीक्षण गरिने
ओखलढुङ्गान्युज, असार ९, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गाका पत्रकारहरुको कोरोना संक्रमण परीक्षण गरिने भएको छ । शोमबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकको निर्णय अनुसार जिल्लाका पत्रकारहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।
कमाण्ड पोष्टको बैठकको निर्णय अनुसार कोरोना संक्रमणको महामारीको बेलामा ओखलढुङ्गामा अग्रभागमा रहेर समाचार संकलनमा खटिने पत्रकारहरुको पिसीआर परीक्षण गर्न लागिएको हो । पहिलो चरणमा ओखलढुङ्गाका १० जना पत्रकारहरुको बुधबार विहान पिसीआर परीक्षण गरिने जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
गत शोमबार ओखलढुङ्गाको लिखु गाउँपालिकामा भारतवाट आएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछि सन्त्रास बढेको छ । सम्भावित कोरोना भाईरस संक्रमणलाई समयमा नै रोकथाम गर्नका लागि पछिल्लो समय ओखलढुङ्गामा पिसिआर परीक्षणलाई तिब्रता दिईएको छ ।