नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा सवारी दुर्घटना, एकको ज्यान गयो

ओखलढुङ्गान्युज, असार , २०७७ ओखलढुङ्गा मंगलवार विहान ओखलढुङ्गामा सवारी साधन दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ को (थाक्ले नजिकै) देउराली भन्ने स्थानमा सवारी दुर्घटना भएको हो ।

मानेभञ्ज्याङ्गवाट थाक्ले तर्फ निर्माणाधिन अबस्थामा रहेको सोलु करिडोरको विजुलीको तार टाङ्ने काम गरि फर्कदै गरेको नम्बर नखुलेको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि ट्रयाक्टर चालक भारतको पश्चिम बंगाल बस्ने वर्ष अन्दाजी २७ को संजय बरमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले जानकारी दिनुभयो ।

कामवाट फर्कदै गरेको उक्त ट्रयाक्टरको अगाडीको भाग मात्रै सडकवाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनामा गम्भिर घाईते भएका चालक बरमानको सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको पनि प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी चौकी मानेभञ्ज्याङको टोली पुगी घटनाको बारेमा थप अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा परेको ट्रयाक्टरको नम्बर भने खुल्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मानेभञ्ज्याङवाट दक्षिण तर्फ करीब ३ किलोमिटरको दुरीमा पर्छ ।