नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुका कोरोना संक्रमितलाई उपचारका लागि कोभिड अस्पताल मोरङ पठाईने

विएन श्रेष्ठ, असार , २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका कोरोना संक्रमित पुरुषलाई उपचारका लागि मोरङ पठाईने भएको छ । कोरोना संक्रमित लिखु गाउँपालिकाका २८ वर्षिय पुरुषलाई उपचारका लागि मोरङ जिल्लाको गोठगाउँमा रहेको कोभिड अस्पतालमा पठाउने जिल्ला कमाण्ड पोष्टले निर्णय गरेको छ ।

संक्रमितलाई लिखु गाउँपालिकाको एम्बुलेन्स मार्फत शोमबार नै प्रदेश कोभिड उपचार अस्पतालमा पठाईने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । प्रदेश कोभिड अस्पतालमा संक्रमितलाई पुर्याईसकेपश्चात एम्बुलेन्स चालकको पनि पिसिआर परीक्षण गराईने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

शोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले लिखुमा आईतवार कोरोना संक्रमणको पुष्टि भएका पुरुषको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । बैठकले विदेश तथा कोरोना संक्रमित क्षेत्रबाट संक्रमितहरु ओखलढुङ्गा प्रवेश गर्ने सम्भावना रहेकोले नाकामा रहेका सुरक्षा पोष्टलाई थप शतर्कता अपनाउन निर्देशन जारी गर्ने निर्णय गरेको छ ।

शोमबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकको निर्णय यस्तो छ ः