नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा भेटिए एकजना कोरोना संक्रमित

विएन श्रेष्ठ, असार ७, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा आईतबार एकजना कोरोना संक्रमित पुष्टि भएका छन् । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाका एकजना पुरुषमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । कोरोना संक्रमित हुनेमा लिखु गाउँपालिकाका २८ वर्षीय पुरुष रहेका छन् ।

संक्रमित ति पुरुषलाई हाल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा नै राखिएको छ । केही दिन अगाडी पठाईएको स्वाब परीक्षणको रिपोर्ट आईतवार पोजेटिभ आएपछि संक्रमितलाई विषेश निगरानीमा राखिएको छ । हाल संक्रमित व्यक्तिको अबस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।

संक्रमितलाई उपचारका लागि कहाँ राख्ने र व्यबस्थापन कसरी गर्ने भन्ने बारेमा यो समाचार तयार पार्दै गर्दा जिल्ला कमाण्ड पोष्टको आकश्मिक बैठक बसी छलफल भैरहेको छ । संक्रमितलाई जिल्लामा नै राखेर उपचार गर्ने वा प्रदेशको कोरोना विशेष अस्पतालमा नै पठाउने भन्ने बारेमा छलफल भैरहेको छ ।

कोरोना संक्रमित व्यक्ति भारतवाट नेपाल आएका थिए । नेपाल आएका ति पुरुषलाई लिखु गाउँपालिकामा ल्याई क्वारेन्टाईनमा राखिएको थियो । आईतबार ओखलढुङ्गाका ति पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएसगै कोरोना संक्रमित हुने ७६ औं जिल्ला ओखलढुङ्गा बनेको छ ।