नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

ओखलढुङ्गान्युज, असार , २०७७ काठमाण्डौं नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ८ हजार नाघेको हो ।

शुक्रबार नियमित प्रेस ब्रिफिङ कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले शुक्रबार ४ सय २६ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ८ हजार २ सय ७४ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा नेपालमा कोही पनि कोरोना संक्रमितहरुको मृत्यु भने भएको छैन ।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार संक्रमित हुनेहरुमा ७ सय ७ जना महिला र ७ हजार ५ सय ६७ जना पुरुष रहेका छन् ।  शुक्रबार मात्रै २ सय १६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १ हजार ४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।