नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा थप १५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

ओखलढुङ्गान्युज, असार ५, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबार थप १५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारत लगायत तेश्रो मुलुकवाट नेपाल भित्रिएका उनीहरुको कोरोना परीक्षण रिपोर्ट शुक्रबार नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार शुक्रबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा चिशंखुगढी गाउँपालिकाका ८ जना, मोलुङ गाउँपालिकाका ४ जना, मानेभञ्ज्याङ्ग गाउँपालिकाका १ जना, लिखु गाउँपालिकाका १ जना र सिद्धिचरण नगरपालिकाका १ जना रहेका छन् । क्वारेन्टाईनमा रहेका उनीहरु सबैको स्वाबलाई मंगलबार नै परीक्षणका लागि पठाईएको थियो ।

अब कोरोना परीक्षणका लागि पठाईएका ६ जनाको रिपोर्ट भने आउन बाकी रहेको पनि फोकल पर्सन तिवारीले जानकारी दिनुभयो । रिपोर्ट आउन बाकी रहेकाहरुमा लिखु गाउँपालिकाका ५ जना र मानेभञ्ज्याङ्ग गाउँपालिकाका १ जना रहेका छन् । नेपाल सरकारले लकडाउन जारी गरेको ८८ औं दिन जारी रहदासम्म भने ओखलढुङ्गामा कुनै पनि कोरोनाका संक्रमित पुष्टि भएका छैनन् ।