नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

२४ घण्टामा थपिए ६ सय ७१ नयाँ कोरोना संक्रमित

खलढुङ्गान्युज, असार ४, २०७७ । काठमाडौँ । दिन प्रतिदिन नेपालमा नयाँ कोरोना संक्रमित व्यक्तिको संख्या उच्च गतिमा थपिदै गएको छ । विहिवार दिइएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा दुई जना काेराेना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना कैलाली जिल्लाका रहेका छन् । याेसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि २२ जना पुगेकाे छ ।