नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्यो

ओखलढुङ्गान्युज, असार १, २०७७ । काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । शोमबार कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५१ थपिए सगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोमबार गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना नयाँ संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार शोमबार सम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्दै गर्दा मृतकको संख्या समेत बढेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतबाट नेपालमा फर्किएकाहरुमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमितको संख्या उच्च गतिमा बढेको पाइएको हो ।