नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

रुखले किचेर ओखलढुङ्गामा दुईजना गम्भिर घाईते

ओखलढुङ्गान्युज, जेठ २६, २०७७ ओखलढुङ्गा रुख काट्ने क्रममा ढलेको रुखले किच्दा ओखलढुङ्गामा दुइृजना गम्भिर घाईते भएका छन् । घाईते हुनेहरुमा खिजिदेम्बा गाउँपालिका वडा नं. २ का वर्ष ३५ का ङावा शेर्पा र वर्ष ४० का साङ्गे शेर्पा रहेका छन् ।

शोमबार दिउसो लिखु गाउँपालिका वडा नं. ९ पोकलीमा वाङ्छे शेर्पाको निजी वनको रुख काट्ने क्रममा रुख ढलेर भिरमा अड्किएको र भिरवाट रुख निकाल्ने क्रममा रुखले किचेर उनीहरु गम्भिर घाईते भएका हुन् । घाईते भएका ङावा शेर्पाको देव्रे खुट्टा भाचिएको छ भने साङ्गे शेर्पाको दाहिने खुट्टा र देब्रे हात भाचिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

घाईतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएपनि अबस्था गम्भिर भएपछि काठमाण्डौं पठाईएको छ । घाईतेहरुलाई काठमाण्डौं पठाउन हेलिकप्टर झिकाईएको भएपनि हेलिकप्टर आउन नसकेपछि गाडि मार्फत काठमाण्डौं पठाईएको छ । निर्माणाधिन लिखु हाईड्रोपावरको गाडी मार्फत विरामीलाई काठमाण्डौं पठाईएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।