नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

शोमबार थपिए कोरोनाका ३ सय १४ संक्रमित  

ओखलढुङ्गान्युज, जेठ २६, २०७७ काठमाण्डौं शोमबार मात्रै नेपालमा ३ सय १४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । शोमबार थपिनेहरुमा पुरुष २ सय ९४ र महिला २० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या ३ हजार ७ सय ६२  पुगेको छ । संक्रमितहरु मध्ये शोमबार नै १ महिला र २० पुरुष गरि २१ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाईरसको संक्रमण ७१ जिल्लामा फैलिसकेको छ ।