नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

ओखलढुङ्गान्युज, जेठ २५, २०७७ । काठमाण्डौं । कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या ४ लाख नाघेको छ । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा हालसम्म ४ लाख २ हजार २ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

वल्र्डमिटरले सार्वजनिक गरेको तथ्याक अनुसार विश्वका विभिन्न देशमा हालसम्म ६९  लाख ८४  हजार ६  सय २ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमितहरु मध्ये हालसम्म ३४ लाख १४ हजार २ सय ५ जना निको भएको पनि वर्ल्डमिटरले जनाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा बढि अमेरिकामा १ लाख १२ हजार ९६ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै बेलायतमा ४० हजार ४ सय ६५, ईटालीमा ३३ हजार ८ सय ४६, फ्रान्समा २९ हजार १ सय ४२ र ब्राजिलमा ३६ हजार ४४ जनाको कोरोना भाईरस संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना भाईरस संक्रमित भएकाहरु मध्ये अमेरीकामा ७ लाख ५१ हजार ८ सय ९७, ब्राजिलमा ३ लाख २ हजार ८४, रुसमा २ लाख २१ हजार ३ सय ८८, ईटालीमा १ लाख ६५ हजार ७८ जना निको समेत भैसकेका छन् ।

विश्वमा कोरोना भाईरस संक्रमणको महामारी फैलिरहेको बेला नेपालको छिमेकी मुलुक भारत सगै नेपालमा पनि संक्रमणको दर तिब्र गतिमा बढेको छ । हालसम्म भारतमा २ लाख ४७ हजार ४० जना स्.क्रमित भएका छन भने १ लाख १९ हजार २ सय ९३ जना निको भएका छन् । भारतमा हालसम्म ६ हजार ९ सय ४६ को मृत्यु भैसकेको छ ।