नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेपालमा कोरोना संक्रमित ३ हजार २ सय  ३५, ज्यान गुमाउनेको संख्या १३  

ओखलढुङ्गान्युज, जेठ २४, २०७७ काठमाण्डौं नेपालमा कोरोना भाईरसको संक्रमण दिनानुदिन तिब्रगतिमा बढेको छ । शनिवार स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार अब नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या ३ हजार २ सय ३५ पुगेको छ । संक्रमितहरुको संख्या बढे सगै देशका ७० जिल्लामा कोरोना भाईरस संक्रमण फैलिएको छ ।

त्यसैगरि प्रबक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार कोरोना भाईरस संक्रमण्माको कारण ज्यान गुमाउनेहरुको संख्या शनिवार १३ पुगेको छ । कोरोना भाईरस संक्रमित कैलाली जिल्लाका १ जना र डोल्पा जिल्लाका १ जनाको मृत्यु भएसगै नेपालमा कोरोना भाईरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा कैलालीका ५५ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिका वडा नं. ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या दिनानुदिन थपिएसगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि हुदै गएको छ । कोरोना भाईरस संक्रमणको यस महामारीवाट बच्न सरकारले सबै नागरिकहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।