नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गा जिल्लामा ३२ जनालाई राखियो क्वारेन्टाइनमा

ओखलढुङ्गान्युज, जेठ २४, २०७७ । ओखलढुङ्गा । जिल्लामा भित्रिएका ३२ जना नागरिकहरुलाई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार जिल्ला भित्रिएका ६ स्थानीय तहका ३२ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार शुक्रबार क्वारेन्टाइनमा राखिएकाहरुमा सिद्धिचरण नगरपालिकामा ४ जना, चिशंखुगढी गाउँपालिकामा ६ जना, मोलुङ गाउँपालिकामा ५ जना, सुनकोसी गउँपालिकामा २ जना, चम्पादेवी गाउँपालिकामा १३ जना र खिजीदेम्बा गाउँपालिकामा २ जना रहेका छन् ।
क्वारेन्टाइनमा राखिएका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन पछाडी मात्रै कोरोना परीक्षण गरेर रिपोर्टका आधारमा घर पठाइने तिवारीले बताउनुभयो । हाल सम्म ओखलढुङ्गा जिल्लामा गरिएको करिब ३ सय आरडिटी र झण्डै ३ दर्जनको संख्यामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
श्रम गर्न गएका नेपालीलाई छिमेकी मुलुक भारत लगायत कोरोना संक्रमित मुलुकबाट नेपाल भित्र्याउन सरकारले सहजीकरण गर्न थालेसगै ओखलढुङ्गामा समेत भित्रिने क्रम बढेको हो । जिल्लामा भित्रिने क्रम बढेसँगै जिल्लाका स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको चाप बढ्न थालेको छ ।