नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शोमबार थपिए २ सय ३९, कोरोना संक्रमित संख्या नेपालमा १८ सय नाघ्यो

खलढुङ्गान्युज, जेठ १९, २०७७ । काठमाण्डौं । नेपालमा शोमबार मात्रै २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शोमबार यो संख्या थपिए सगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

शोमबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । शोमबार नै साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेकाे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । झण्डै २ महिना अगाडि देखि जारी लकडाउनलाई केहि खुकुलो बनाउने बारेमा छलफल भइरहेको बेला नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । नेपालमा कोरोना संक्रमित भएकाहरु मध्ये २ सय २१ जना भने निको भएका छन् ।