नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा लकडाउनलाई समय मिलाएर केही खुकुलो

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा नेपालमा लकडाउन सुरुवात भएको ५३ औं दिन चल्दै गर्दा जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले ओखलढुङ्गामा लकडाउनलाई थप कडाई गरेको छ । जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाको आज बसेको बैठकले जेठ ५ गते राती १२ बजेसम्मका लागि लागूहुने गरि लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

लकडाउनको अबधीमा बाहिरी जिल्लाबाट ओखलढुङ्गामा प्रबेश गर्ने र फर्कने ढुवानीका साधनहरुको हकमा प्रदेश सरकारको कोभिड १९ को सतर्कता सम्बन्धि मापदण्ड अनुसार सामाजिक दुरी कायम गरेर मात्र जिल्लामा अत्यावश्यक सामाग्रीलाई ढुवानी गर्न निर्देशन दिएको छ । अत्यावश्यक सामाग्रीहरु खाद्यान्न, औषधी, ईन्धन, पशुपंक्षीको दाना, निर्माण सामाग्रीको ढुवानी गर्दा सबन्धित स्थानीय तहको र सम्बन्धित जिल्ला उद्योग वाणिज्यसंघकाु सिफारिसका आधारमा आवश्यक कागजातलाई समेत अनिवार्य गरेको छ ।

त्यसैगरि जिल्लामा भित्र मात्र सञ्चालन हुने सवारी साधनको हकमा भने खाद्यान्न, तरकारी, फलफुल, दुध लगायतका दैनिक उपभोग्य सामानको ढुवानी गर्ने साधन र व्यक्ति दैनिक विहान ५ बजेदेखी ९ बजे सम्म मात्र आवत जावत गर्न दिईने निर्णय गरेको छ । त्यस्तै दैनिक उपभोग्य सामाग्रीहरुको बेचविखन गर्ने व्यबसाय तथा पसलहरुलाई विहान ६ बजेदेखी विहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यसैगरि जिल्ला कमाण्ड पोष्टको आज बसेको बैठकले विभिन्न आयोजना तथा योजनाहरुको लागि निर्माण सामाग्री ढुवानीका लागि ट्रक/टिपर बेलुका ५ बजेदेखी विहान ६ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । निर्माण सामाग्रीहरुको ढुवानी गर्ने साना गाडी जस्तै ट्रयाक्टर, पिकअप भ्यानहरु भने दिउसो १ बजेदेखी साझ ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

जिल्लामा सञ्चालनमा रहेको राष्ट्रिय वाणिज्य बैक बाहेक सबै बैंकहरु आलोपालो गरि हप्तामा दुइृदिन मात्रै विहान १० बजेदेखी दिउसो १ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । जिल्ला कमाण्ड पोष्टको शुक्रबारको बैठकले गरेको निर्णय विपरित कृयाकलाप गर्नेहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्नेपनि जिल्ला कमाण्डा पोष्टले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।