नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाको पात्लेमा एक महिला मृत फेला

ओखलढुङ्गान्युज, जेठ १, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँ पालिका वडा नं ७ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मोलुङ गाउँ पालिका वडा नं ७ पात्ले घर भएकी डिकु शेर्पा घर नजिकै पात्ले स्थित घट्टेखोला सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन् ।
बुधबार बिहान घास काट्न जंगल गएकी शेर्पा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक शेर्पाको शब रुखमा अड्किएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । शब मोलुङ गाउँ पालिका वडा नं ७ घर भएकी बर्ष ७३ को डिकु शेर्पाको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी प्राप्चाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेको प्रहरीले सर्जमिन मुचुल्का तयार गरि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको थियो । पोष्टमार्टम पश्चात शबलाई मृतकको परिवारलाई जिम्मा लगाईएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएएको छ ।