नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मध्यरातमा ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प

ओखलढुङ्गान्युज, बैशाख ३१, २०७७ । ओखलढुङ्गा । मंगलबार मध्यराती भुकम्पको धक्का महशुस गरिएको छ । मध्यराती ११ बजेर ५३ मिनेटमा दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प मापन केन्द्रका अनुसार दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ५ दशमलव ३ रेक्टर स्केलको हो । दोलखा केन्द्रविन्दु बनाएर गएको भूकम्पको नेपालमा सगै भारतमा समेत महशुस गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
मंगलबार मध्यराती गएको भुकम्पको कारण यो समाचार तयार पार्दासम्म कुनै क्षति भएको विवरण भने आएको छैन ।