नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

एकैदिन थपिए नेपालमा कोरोनाका २४ संक्रमित

ओखलढुङ्गान्युज, बैशाख ३०, २०७७ । काठमाण्डौँ । नेपालमा शोमबार एकैदिन कोरोना भाईरसका २४ जना नयाँ संक्रमित थपिएका छन् । लकडाउनलाई केही खुकुलो बनाउन लागेको बेला पुन संक्रमितहरुको संख्या बढेको हो ।

शोमबार नै कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। शोमबार विहान मात्रै कपिलवस्तुमा १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको थियो ।
यो सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा स्वाब परीक्षण गरिएकाे हाे । शोमबार २४ जना थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।