नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

चम्पादेवीमा प्याराग्लाईडिङको परीक्षण उडान सफल

ओखलढुङ्गान्युज, बैशाख २७, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा प्याराग्लाईडिङको सफल परिक्षण उडान गरिएको छ । व्यवसायिक प्याराग्लाइडिङ प्रशिक्षक युवाहरुको सहयोगमा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी आफैले प्याराग्लाईडिङको परीक्षण उडान गर्नुभएको हो ।

पहिलो चरणमा गाउँपालिकाको वडा नं. १ को मन्टुडाँडावाट उडान भरि गाउँपालिका कार्यालय भएको स्थानमा सफल अवतरण गरिएको छ । दोश्रो चरणमा गाउँपालिकाको महत्वपुर्ण धार्मिक तिर्थस्थल चम्पादेवी ककनी हुदै गाउँपालिकाको अन्य क्षेत्रमा समेत परीक्षण उडान सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणको प्याराग्लाईडिङको परीक्षण उडान सफल भए सगै पालिकाको अन्य स्थानहरुमा समेत उडान परीक्षण गरी गाउँपालिकामा पर्यटकीय सम्भावनाको खोजि गर्ने गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो । आगामी दिनमा गाउँपालिकामा व्यवसायिक प्याराग्लाइडिङको योजना बनाई आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउने गरि गाउँपालिकाले योजना निर्माण गर्ने अध्यक्ष केसीले बताउनुभयो ।