नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बाबुबाट बलात्कृत ओखलढुङ्गाकी एक किशोरीको मृत्यु

ओखलढुङ्गान्युज, बैशाख २७, २०७७ ओखलढुङ्गा आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भएकी ओखलढुङ्गागाकी एक किशोरीको मृत्यु गएको छ । जिल्लाको सुनकोसी गाउँपालिका घर भएकी बलात्कृत क्यान्सर पिडित १५ बर्षिया किशोरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

आफ्नै बाबुबाट पटकपटक बलात्कारमा परेकी ती किशोरीलाई उद्दार गरि परिवर्तनशील सामुदायिक संस्था ओखलढुङ्गाले सञ्चालन गरेको सेफ हाउसमा राखिएको थियो । किशोरीमा मानसिक तथा शारिरीक समस्या समेत देखिएपछि संस्थाको पहलमा उपचारका लागि काठमाडौ पठाइएको थियो । उपचारको लागि ओखलढुङ्गाका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले समेत सहयोग गरेका थिए । घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण तथा पढाइको जिम्मा काठमाण्डौँमा रहेको एसओएस बालग्रामले लिएको थियो ।

उपचार पश्चात किशोरीको घुँडाको क्यान्सर निको भएपनी छ महिनापछि रगतको माध्यमबाट फोक्सोमा क्यान्सर संक्रमण भएको बताईएको छ । सोही संक्रमण कै कारण काठमाडौंमा उपचारकै क्रममा शुक्रबार किशोरीको मृत्यु भएको बताईएको छ ।

छोरी बलात्कार गर्ने किशोरीका बाबुलाई जिल्ला अदालत ओखलढुङ्गाले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ । उनी अहिले कारागारमा सजाय भुक्तान गरिरहेका छन् । किशोरीका आमाले भने दोश्रो विवाह गरेकी थिईन् । बाबुबाट बलात्कारमा परेकी ती किशोरीलाई छिमेकीको सहयोगमा उद्दार गरिएको थियो ।