नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

समुदायमा आधारित पुनर्स्थापना  कार्यक्रमले १ सय ५० परिवारलाई राहत दिने

ओखलढुङ्गान्युज, बैशाख २६, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायीक अस्पतालले मोलुङ र खिजिदेम्बा गाउँपालिकाका १ सय ५० परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा मार्फत नर्वेजियन सरकारको आर्थिक सहयोगमा यी दुई गाउँपालिकामा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना  कार्यक्रम अन्तर्गतको कार्यक्रमले  राहत दिइने भएको हो ।

समुदायमा आधारित पुनर्स्थापना  कार्यक्रम ओखलढुङ्गामा हाल दुई स्थानीय तहमा कार्यरत रहेका छन् । करीब एकवर्षदेखी सञ्चालनमा आएको यस कार्यक्रमले कोरोना भाईरस संक्रमणको महामारीको त्रासमा लकडाउनमा परेका विपन्न समुदायका परिवारहरुलाई राहत उपलब्ध गराउन लागेको हो । कार्यक्रमले राहत सामाग्री दिने बताएपछि स्थानीय तहसँग समन्वय गरेर राहत वितरण गर्न सामुदायीक अस्पताललाई जिल्ला कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले अनुमती प्रदान गरेको छ ।

सामुदायीक अस्पाताल मार्फत सञ्चालित यस कार्यक्रमले दुवै गाउँपालिकामा चामल १ सय ५० बोरा, मुसुरी रातो दाल ३ सय केजी, नून १ सय ५० पाकेट, खाने तेल १ सय ५० लिटर र साबुन ३ सय थान वितरण गर्नेछ ।