नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शोमबार र मंगलबार ओखलढुङ्गामा बिजुली नआउने

ओखलढुङ्गान्युज, बैशाख २२, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाम आसपासका क्षेत्रमा शोमबार र मंगलबार विद्युत नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रले विद्युत विस्तार भएको क्षेत्रमा मर्मतको काम गर्न लागेकोले आज र भोलि दुई दिन विद्युत नआउने भएको हो ।

विद्युत प्राधिकरणको ओखलढुङ्गा केन्द्रले ३३ केभी, ११ केभी प्रसारण लाइन र वितरण लाइन मर्मत सम्भार तथा लाइनमा पर्न लागेका रुखका हाँगा काट्ने कामका लागि विद्युत अबरुद्ध गरेको जनाएको छ । यी दुई दिन बिहान ७ बजेदेखि बेलुका कम्तीमा ५ बजेसम्म विद्युत प्रसारण अवरुद्ध हुनेछ ।

विद्युत प्राधिकरणको ओखलढुङ्गा केन्द्रले एक सूचना जारी गर्दै वैशाख २२ र २३ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने जनाएको छ । केन्द्रका अनुसार मंगलबार साँझबाट भने विद्युत विस्तार गरेको नयाँ स्थानमा समेत पुर्ण रुपमा विद्युत निरन्तर सञ्चालनमा आउने छ ।