नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

One Heart संस्थाले दियो ओखलढुङ्गाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री

ओखलढुङ्गान्युज, बैशाख २१, २०७७ । ओखलढुङ्गा । वानहर्ट नामक संस्थाले कोरोना भाईरस संक्रमण हुनवाट बच्नका लागि ओखलढुङ्गाका स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । संस्थाले जिल्ला कमाण्ड पोष्ट मार्फत जिल्लाका आठओटै स्थानीय तहहरुलाई उपलब्ध हुनेगरि १४ आईटमका विभिन्न सामाग्रीहरु उपलब्ध गराएको हो ।

संस्थाले आईग्लोब्स ९२ थान, ह्याण्ड स्यानिटाईजर ६२ बोत्तल, विभेक्स ३ सय ३४ बोत्तल, डिष्पोजेबल ग्लोभ्स् ६ हजार ८ सय थान उपलब्ध गराएको छ । त्यस्तैगरि युटिलिटि ग्लोभ्स् १ सय १५ थान, सर्जिकल माक्स ११ हजार ५ सय थान,  केएन ९५ माक्स १ सय ४७ थान, ईन्फ्राक्टेड थर्मोमिटर ४२ थान, लिक्विड सोप ४२ बोत्तल, डिस्पोजेबल कप १ हजार ४ सय थान, कम्प्लिट पीपीई १० थान, वाटर एयर प्रुफ एप्रोन १५ थान, सुज कभर १ हजार ९ सय थान र ह्याण्ड वास सोप ३ सय ३० थान उपलब्ध गराएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

कोरोना संक्रमणको महामारीवाट बच्नका लागि ओखलढुङ्गाका स्थानीय तहहरुले लाखौ रकम खर्च गरेर आफ्नो पालिकाका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु खरिद गरेका छन् । केही समय अगाडी मात्रै ओखलढुङ्गाका स्थानीय तहहरुमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुले प्रयोगगर्ने पीपीई सेटको अभाव भएको समाचार बाहिर आएको थियो । त्यस्तै कोरोना भाईरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुको तापक्रम मापन गर्नेयन्त्र थर्मलगनको समेत अभाव भएको स्थानीय तहहरुले बताएका थिए ।

स्थानीय तहहरुले स्वास्थ्य सामाग्रीको अभाव भयो भन्दै गर्दा कतिपय स्थानीय तहहरुले आफ्नै लाखौ रकम खर्च गरेर अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु महंगोमा भएपनि खरिद गरेर प्रयोग गरेको जनाएका छन् । कोरोना भाईरस संक्रमणका त्रास फैलदै गर्दा र त्यसवाट देशका नागरिकहरुलाई बचाउन लकडाउन बढाउदै गर्दा जिल्लामा विभिन्न दातृ निकाय तथा संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराउने क्रम बढेको छ ।