नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

भिरबाट लडेर ओखलढुङ्गामा एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज, बैशाख २१, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा आईतवार विहान घाँस काट्ने क्रममा भिरवाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरकी बर्ष ६१ की धनमाया तामाङ रहेकी छिन् ।

घरबाट करीब ५ सय मिटरको दुरीमा रहेको आफ्नै पाखोमा घाँस काट्ने क्रममा उनी भिरबाट चिप्लिएर लडेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाँस काटेको स्थानबाट मृतक तामाङ करीब २०–२५ मिटर तल खसेकी थिईन । भिरबाट खसेकी तामाङलाई स्थानीयहरुले उद्दार गरि श्रीचौरमा नै रहेको पेशला मेडिकल पोलिक्लिनीकमा पुर्याईएको थियो । क्लिनीकमा पुर्याईए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घटनास्थल श्रीचौरमा अहिले ईलाका प्रहरी कार्यालय बरुणेश्वरको प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा अध्ययन भैरहेको र भिरवाट लडेर नै मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्ट मार्टमकालागि रुम्जाटार अन्स्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो । पोष्टमार्टम पछि मृतकको शबलाई परिवारको जिम्मा लगाईने पनि प्रहरीले जनाएको छ ।