नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

कोरोना परिक्षणका लागी पठाईएका मृत ब्यक्तीको परिक्षण रिपोर्ट नेगेटिभ

‏ओखलढुङ्गान्युज, बैशाख १९, २०७७ । ओखलढुङ्गा । विहिबार ओखलढुङ्गाबाट कोरोना परिक्षणका लागी पठाईएका मृत ब्यक्तीको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नंं. ७ साविकको माम्खाका बर्ष ४२ का बिष्णु कार्कीको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएका कार्कीको विहिबार नै मृत्यु भैसकेको छ । बुधबार दिउँसो अचानक ज्वरो सँगै स्वासप्रश्वासमा समस्या भएपछि कार्की रुम्जाटार अस्पताल तर्फ गएका थिए । बिचबाटोबाट हिड्न नसकेपछि एम्बुलेन्समा राखेर उनलाई रुम्जाटार अस्पताल पुर्याइएको थियो ।
कोरोना भाइरस संक्रमणको आशंकामा उनको आरडिटी परिक्षण गरिएको थियो । आरडिटी परिक्षण समेत नेगेटिभ आएका कार्कीको स्वाब परिक्षणका लागि बुधबार नै काठमाडौँ पठाइएको भएपनि शुक्रबार मात्र रिपोर्ट आएको हो । कोरोना संक्रमित मुलुकबाट आएकाले कार्कीको स्वाब संलकन गरी थप परिक्षणका गर्न बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा शुक्रबार रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
करिब एक महिना अगाडि भारतबाट आएको कार्कीको परिवार काठमाण्डौमा बस्दै आएकाेमा केहीदिन अघिमात्र ओखलढुङ्गा आईपुगेका थिए । उनको परिवारका सदस्यको समेत आरडीटी परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो । स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि कार्कीको शवलाई परिवारको जिम्मा लगाइएको छ ।