नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

युवा समाजसेवी थापाले दिए चम्पादेवीलाई स्वास्थ्य सामग्री र खाद्यान्न

ओखलढुङ्गान्युज, बैशाख १०, २०७७ । फुलबारी । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकाका एक युवा समाजसेवीले वडालाई कोरोना भाइरस संक्रमण हुनबाट बच्न स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेका छन् । चम्पादेवी गाउँपालिका वडा नं ७ का युवा समाजसेवी कृष्ण बहादुर थापाले वडा अध्यक्ष शुरेश थापालाई वडा कार्यालयमा गई बुधबार सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
युवा समाजसेवी थापाले चम्पादेवी गाउँपालिका वडा नं ७ का लागि कोरोना भाइरस संक्रमण परीक्षणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई ५ थान उपलब्ध गराउनु भएको छ । त्यस्तै थर्मल गन १ थान, सेनिटाइजर ४ सय ५० पिस, मास्क ५ सय पिस, ग्लोबस् २ जार थान हस्तान्तरण गर्नुभएको छ । थापाले उपलब्ध गराइएको खाध्यान्न सामाग्रीहरुमा २५ केजी भएको चामल ३० बोरा, नुन २ सय केजी, तेल आधा लिटरको ३ सय ५० प्याकेट रहेको वडा अध्यक्ष शुरेश थापाले जानकारी दिनुभयो ।
यस अगाडि पनि सो वडामा विभिन्न समाजसेवीहरुले हात धुने साबुन र मास्क उपलब्ध गराएकोमा ती सामाग्रीहरुलाई वडाले बितरण गरेको थियो । बुधबार प्राप्त भएको सामाग्रीहरूलाई विहिबारबाट वडामा रहेका लकडाउन प्रभावित असंगठित क्षेत्रका श्रमिक, दलित तथा पिछडिएका क्षेत्रका नागरिकहरुलाई हस्तान्तरण गरिने वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।