नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा विद्युत अवरुद्ध, बिग्रिएको ठाउँ पत्ता लागेन

‌ओखलढुङ्गान्युज, बैशाख १०, २०७७ । ओखलढुङ्गा । मंगलबार साँझ देखि ओखलढुङ्गामा विद्युत अवरुद्ध भएको छ । मंगलबार साँझ परेको पानी सगै आएको हुरि बतासका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गा शाखाले जनाएको छ ।

केन्द्रीय विद्युत प्रसारण लाइनको खोटाङ-ओखलढुङ्गा जोड्ने बुइपा रबुवा आसपासमा विद्युत लाइनमा समस्या आएको विद्युत प्राधिकरण ओखलढुङ्गा शाखाले जनाएको छ । तर खास समस्या कहाँनिर हो भन्ने बारेमा पत्ता लागेको छैन । विद्युतको मुख्य लाइन अवरुद्ध भएको क्षेत्रमा प्राविधिकहरु खटिएको र के समस्या भएको हो भन्ने बारेमा खोजि भैरहेको ओखलढुङ्गा शाखाले जनाएको छ ।
विद्युत अवरुद्ध हुँदा जिल्लामा सञ्चालन रहेको सञ्चार माध्यममा समस्या हुन थालेको छ । लकडाउनका कारण घरभित्र मोबाइलमा ईन्टरनेट चलाउदै र टेलिभिजन हेर्दै बसेका नागरिकहरु समेत छटपटाउँदै घर बाहिर निस्कन थालेका छन् ।