नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

बाहिरी जिल्लाबाट मोलुङ भित्रिएका ३४ जना क्वारेन्टाईनमा

ओखलढुङ्गान्युज, बैशाख १०, २०७७ प्राप्चा ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकाले जिल्ला बाहिरवाट आएका ३४ जनालाई क्वारेन्टाईनमा राखेको छ । मोलुङ गाउँपालिकाले यस अगाडी बनाएको २५ बेडको क्वोन्टाईनलाई हतारमा ३५ बेडको क्वारेन्टाईन निर्माण गरि गाउँपालिकामा फर्किएका ३४ जनालाई  क्वारेन्टाईनमा राखेको हो ।

मोलुङ गाउँपालिकाले मंगलबार साँझ सम्म गाउँपालिकामा फर्कने २६ जनालाई बरुणेश्वर माविको क्वारेन्टाईनमा र ८ जनालाई शिवदुती माविको क्वारेन्टाईनमा राखेको छ । काठमाण्डौं, विराटनगर, धरान लगायतका जिल्लाबाट मोलुङ आईपुगेका सबैलाई पालिकाले क्वारेन्टाईनमा राखेको छ । क्वारेन्टाईनमा राखिएका सबैको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका छन् । बुधवार विहिवारसम्ममा उनीहरुको थप स्वास्थ्य परीक्षण गर्ने र आवश्यकताका आधारामा आरडिटी परीक्षण समेत गरेपछि मात्रै उनीहरुलाई घर पठाउने वा क्वारेन्टाईनमा नै राखिने भन्ने बारेमा निक्र्यौल हुने गाउँपालिकाले जनाएको छ ।

गाउँमा फर्किनेहरुको सख्यामा उल्लेख्य बृद्धि भएपछि पालिकाले क्वारेन्टाईनको संख्यामा पनि विस्तार गरेको छ । मंगलबार सम्म गाउँपालिकाले १५ बेड रहेको बरुणेश्वर माविको क्वारेन्टाईनलाई २७ बेडमा र शिवदुती मावि प्राप्चामा ८ बेडको क्वारेन्टाईन विस्तार गरेको हो । हाल क्वारेन्टाईनमा रहने सबै पुरुष मात्रै रहेका छन् । गाउँमा महिलाहरु समेत आउने भएकोले बरुणेश्वरमा महिलाहरुलाई मात्रै राख्ने छुट्टै क्वारेन्टाईनका लागि समेत गाउँपालिकाले तयारी गरेको मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई जानकारी दिनुभयो । पालिकाले भालुथुम्का मावि श्रीचौरमा पनि क्वारेन्टाईन कक्ष निर्माण गर्न लागेको गाउँपालिकाका राईले जानकारी दिनुभएको छ ।

यस अगाडी छिमेकी मुलुक भारत तथा विदेशवाट आएकाहरुलाई मात्रै राख्ने गरि मोलुङगाउँपालिकाले १५ बेडको क्वारेन्टाईन कक्ष बरुणेश्वर माविमा निर्माण गरेको थियो । तर पछिल्लो समयमा मोलुङ गाउँपालिकामा बाहिरी जिल्लाबाट भित्रिनेहरुको संख्या बढेपश्चात गाउँपालिकाले क्वारेन्टाईनको संख्यामा बृद्धि गरेको हो । गाउँपालिकाले पछिल्लो समयमा बरुणेश्वर माविलाई २८ बेडको र शिवदुती मावि प्राप्चालाई ८ बेडको क्वारेन्टाईनमा विस्तार गरेको छ ।