नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

देशैभर वर्षा, विहिबारसम्म जारी रहन सक्ने

ओखलढुङ्गान्युज, बैशाख ९, २०७७ । ओखलढुङ्गा । अहिले ओखलढुङ्गा लगायत देशैभरका अधिकांश स्थानहरुमा मेघगर्जन सहित पानी परिरहेको छ । देशको पश्चिमी क्षेत्रबाट सुरुवात भएको पानी पर्ने बादल हाल क्रमशः देशको पूर्व तर्फ सरिरहेको छ ।

देशको पश्चिमी क्षेत्रमा हुरीवतास  र पानी सगै परेको चट्याङका कारण मंगलबार विहान मात्रै तिन जनाको ज्यान गएको छ । आज परेको चट्याङ्गका कारण डोटीमा एक र धादिङमा २ जना गरि ३ जनाको ज्यान गएको छ । मंगलवार विहानै देखी देशका अधिकांस स्थानहरुमा वर्षात भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारको पानी पर्ने क्रम दिउसो करीब २ बजे सम्म जारी रहन  सक्ने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । पानी पार्ने बादल क्रमशः उत्तर पूर्वतिर सरीरहेको र यसकै कारण चट्याङ, हुरीबतास र असिना समेत पर्नसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल प्रि–मनसुनी गतिविधि सक्रिय भएकाले बिहिबारसम्म नै देशभरीको मौसम आंशिक देखि सामान्य बदली हुनेछ । केहि ठाउँमा मेघगर्जन हुरीबतास, चट्याङ्ग सहित असिना पानी पर्ने सम्भावना रहेको छ । विहिवार सम्म नै यो प्रकृया जारी रहेपनि मंगलबारको भन्दा बुधवार र विहिबारवाट कम हुने मौसमविद्ले बताएका छन् ।