नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

जनप्रतिनिधीको सेवा सुबिधावाट मानेभञ्ज्याङ्ग गाउँपालिकाको केतुकेमा राहत वितरण

ओखलढुङ्गान्युज, बैशाख ८, २०७७ । ओखलढुङ्गा । मानेभञ्ज्याङ्ग गाउँपालिकामा स्थानीय वडाका जनप्रतिनिधीले आफ्नो सेवा सुबिधावाट नागरिकहरुलाई राहत वितरण गरेका छन् । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४ केतुकेका निर्वाचित जनप्रतिनिधीहरुले आफ्नो सेवासुबिधावाट वडाका विपन्न परिवारहरुलाई राहत वितरण गरेका हुन् ।

कोरोनाको सन्त्रासका कारण देश पुरै लकडाउनमा रहेको छ । लकडाउनको समयमा लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने तथा वडाका अति विपन्न ९४ घुरधुरीका परिवारलाई राहत वितरण गरिएको हो । राहतवाट ९४ घरधुरीका ४ सय ४५ जना प्रत्यक्ष लाभान्वित भएको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४ का वडा सदस्य टंक किरातीले जानकारी दिनुभयो । वडाका निर्वाचित जनप्रतिनिधीको तिन महिनाको सेवा सुबिधा वापत प्राप्त हुने रकमबाट लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरण गरेको वडा सदस्य किरातीले बताउनुभयो ।

वितरण गरिएको राहतमा तिन महिनाको सेवा सुबिधा बापतको वडा अध्यक्ष सन्त बहादुर तामाङको ५५ हजार, टंक किरातीको २२ हजार, नविन राईको २२ हजार, सरिता तामाङको २२ हजार, सुन्तली विकको २२ हजार र प्रेम बहादुर गोलेको १० हजार रकम संकलन गरि कुल १ लाख ५३ हजार रुपैया रकम बराबरको राहत वितरण गरिएको पनि किरातीले जानकारी दिनुभयो ।

राहत पाउने ९४ प्रत्येक घरधुरीलाई ३० केजी चामल १ प्याक, दाल १ केजी, नुन १ केजी र तेल आधा लिटरका दरले उपलब्ध गराईएको छ । लकडाउनका कारण वडाका अति विपन्न परिवारहरुलाई खाद्यान्नमा समस्या देखिएको तथा तत्काल अन्य कुनैपनि निकायवाट उनीहरुलाई सहयोग गर्ने अबस्था नदेखिएकोले आफुहरुको तिन महिनाको सेवासुबिधा वापत प्राप्त हुने रकमवाट राहत उपलब्ध गराईएको वडा अध्यक्ष सन्त बहादुर तामाङले बताउनुभयो ।