नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा ९१ जनाको आरडिटी परीक्षण नेगेटिभ

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा आरडिटी परीक्षणलाई तिब्रता दिईएको छ । ओखलढुङ्गामा शुक्रबार साँझसम्म ९१ जनाको आरडिटी परीक्षण गरिएको र उनीहरु सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

शुक्रबार साँझ सम्म सिद्धिचरण नगरपालिकाका २० जना, मोलुङ गाउँपालिकाका १४ जना, मानेभञ्ज्याङ्ग गाउँपालिकाका ५० जना र चम्पादेवी गाउँपालिकाका ७ जनामा आरडिटी परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

शुक्रबार नै आरडिटी परीक्षण गर्ने तयारी गरिएको मोलुङ गाउँपालिकाका ३ जनाको भने आरडिटी परीक्षण हुन सकेन । उनीहरुको पनि परिक्षण शुक्रवार नै सकाउने गरि तयारी गरिएको भएपनि नेपाल भन्दा बाहिरबाट आएका मोलुङ गाउँपालिका ७ पात्लेका तिनजनाले भने परीक्षण गर्न आएनन् । उनीहलाई शनिवार गाउँपालिका कार्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा ल्याएर आरडिटी परीक्षण गरिने पनि जिल्ला कमाण्ड पोष्टका फोकल  पर्सन तिवारीले बताउनुभयो ।

शनिवार खिजिदेम्बा गाउँपालिका, लिखु गाउँपालिका र चिशंखुगढी गाउँपालिकामा पनि विदेशवाट आएकाहरुको आरडिटी परीक्षण गर्ने तयारी रहेको छ । जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले पहिलो चरणमा ओखलढुङ्गामा १ सय ४५ जनाको आरडिटी परीक्षण गर्ने तयारी गरेको छ ।