नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

काठमाण्डौंवाट ओखलढुङ्गा आएका ८ जना क्वारेन्टाईनमा

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा रातारात गाडी रिजर्भ गरि ओखलढुङ्गा आएका ८ जनालाई सिद्धिचरण नगरपालिकाले क्वारेन्टाईनमा पठाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरवाट सवारी अनुमती पत्र लिई ओखलढुङ्गा आएका सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकाका ८ जनालाई स्थानीय नागरिकहरुको अनुरोधमा जिल्ला सदरमुकामबाट नै नियन्त्रणमा लिई क्वारेन्टाईन पठाईएको हो ।

नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएका उनीहरुलाई हाल सिद्धिचरण नगरपालिकाले तयार गरेको ओखलढुङ्गा क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ । सवारी चालक सहित चारजनाको सवारी पास बनाएर एउटै गाडीमा उनीहरु आठै जना आएका थिए । जिल्ला सदरमुकाममा आईपुग्नासाथ स्थानीयहरुले नगरपालिका र प्रहरी प्रशासनलाई जानकारी गराएका थिए । प्रहरीले थाहा पाउनासाथ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका आठै जनालाई हाल क्वारेन्टाईनमा राखिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाको बैठकले जिल्ला भन्दा बाहिरवाट आएकालाई आरडिटी टेष्ट पश्चात मात्रै पठाउने निर्णय भएकोले उनीहरुको परीक्षण पश्चात मात्रै घर पठाउने या नपठाउने निधो हुने पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

ओखलढुङ्गामा केही दिन अगाडी बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले आखलढुङ्गाका लागि आरडिटी मगाएकोमा मंगलबार मात्रै आईपुगेको छ । बुधबार क्वारेन्टाईनमा पठाईएका आठै जनाको विहिबार विहान ९ बजेवाट मात्रै आरडिटी परीक्षण गरिने जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ नै आएमा उनीहरुलाई कम्तीमा १४ दिन होम क्वारेन्टाईनमा नै रहनेगरि घर पठाईने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।