नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सांसद सुनुवारले ओखलढुङ्गामा सुरक्षा सामाग्री थप उपलब्ध गराए

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा ओखलढुङ्गावाट निर्वाचित संघिय सरकारका सांसद यज्ञराज सुनुवारले जिल्लाका लागि पुनः मेडिकल सुरक्षा समाग्री उपलब्ध गराउने भएको छ । सांसद सुनुवारले जिल्लामा रहेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि बनेको जिल्ला कमाण्ड पोष्टलाई कोरोना भाईरस संक्रमण हुनवाट बच्नका लागि मेडिकल सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको हो । यो सगै सांसद सुनुवारले जिल्लामा तेश्रो पटक सामाग्री उपलब्ध गराउनु भएको छ ।

पछिल्लो समयमा आफुले निर्वाचित गराएका सांसदहरु जिल्लामा नभएको र गुमनाम भएको भन्दै नागरिकहरुले खोजी चासो गरिहेका छन् । प्रदेश सांसदहरु गुमनाम झै रहेको बेलामा संघिय सरकारका सांसद सुनुवारले भने तेश्रो पटक सामाग्री उपब्ध गराउनु भएको छ । सांसद सुनुवारले यसपटक उपलब्ध गराउनुभएको समाग्रीहरुमा ५ सेट पीपीई, २५ थान एन ९५ मास्क, सर्जिकल मास्क १ हजार, ग्लोब्स ४०० थान, स्यानिटाइजर १ सय २० थान रहेको छ ।

सांसद सुनुवारवाट प्राप्त भएको मेडिकल सुरक्षाका  सामग्रीहरु मध्ये १ सय २० थान स्यानिटाइजर जिल्ला प्रहरी कार्यालयलाई दिने जिल्ला कमाण्ड पोष्टको मंगलबार बेको बैठकले निर्णय गरेको छ । सांसद सुनुवारबाट प्राप्त बाँकी सामाग्रीहरुलाई आवश्यकता अनुसार जिल्लाका अन्य स्थानमा वितरण गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा मौज्दात राखिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।ओखलढुंगामा अन्य सामाग्रीहरुको उपलब्धता राम्रै भएपनि ज्वरो नाप्ने थर्मलगनको भने अभाव भएको छ ।