नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बैशाख १५ गते सम्म लकडाउन बढाउने सरकारको निर्णय

ओखलढुङ्गान्युज, बैशाख २, २०७७ काठमाण्डौं नेपाल सरकारको मन्त्रि परिषदको निर्णयले बैशाख १५ सम्म लकडाउन बढाउने निर्णय गरेको छ । नेपाल सरकारको मंगलबार बसेको मन्त्रि परिषदको निर्णयल कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन बैशाख १५ गते सम्म बढाउने निर्णय गरेको हो ।

गत चैत ११, २०७६ देखी एक हप्ताका लागि भन्दै देशमा लकडाउनको घोषणा गरेको सरकारले अघिल्लो बैठकमा निर्णय गर्दै लकडाउनलाई बैशाख ३ गते सम्म जारी राख्ने निर्णय गरेको थियो । लकडाउनको अबधीमा नेपालमा दोश्रो चरणमा प्रबेश गरेको कोरोना भाईरसको संक्रमण देखिएपछि र भारतमा समेत यसको महामारीको प्रकोप बढ्दै गएपछि थप १२ दिन अर्था बैशाख १५ सम्म लकडाउनलाई कायम राख्ने निर्णय गरेको हो ।

दोश्रो पटक बढाईएको लकडाउनको अबधी सकिन एकदिन मात्रै बाकी रहदा मंगलबार मन्त्रिपरिषदको बैठक बसी तेश्रो पटक पनि निर्णय गरेको हो । लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि भने बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ ।