नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आज राष्ट्रियगान गाउन र ताली बजाउन प्रधानमन्त्रीको अनुरोध

ओखलढुङ्गान्युज, बैशाख , २०७७ , काठमाण्डौं नयाँवर्षको दिन अर्था आज शोमबार विहान राष्ट्रियगान बजाउन प्रधानमन्त्री केपी शर्मा वलीले आमजनतालाई अपिल गर्नु भएको छ । शोमबार विहान ८ बजे राष्ट्रियगान बजाउन र राष्ट्रियगान बजाई सकेपछि सबैले ताली बजाउन समेत अपिल गर्नुभएको छ ।

आईतवार दिउसो ट्वीट गर्दै प्रधानमन्त्री वलीले ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा गर्न लागेको उक्त अभियानका क्रममा प्रधानमन्त्री राष्ट्रिय गान गाउन र राष्ट्रियगान गाईसकेपछि ताली बजाउन अपिल गर्नुभएको हो । प्रधानमन्त्री वलीले ट्वीट गर्दै भन्नुभएको छ, ‘ग्लोबल कम्प्याक्ट नेपालको अभियान मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

विश्व लगायत नेपालमा अहिले देशमा कोभिड–१९ को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाहरुको सम्मानमा यस्तो गर्न ग्लोबल कम्प्याक्ट नेपालले अपिल गरिसकेको छ । यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्रिय गान बजाएपछि सामूहिकरुपमा ताली बजाउन पनि आग्रह गरेको छ। ग्लोबल कम्प्याक्ट नेपालको अभियानलाई साथ दिदै प्रधानमन्त्री वलीले यस्तो अपिल गर्नुभएको हो ।