नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

युवा नेता बोगटीले दिए चम्पादेवीलाई २ हजार थान मास्क

ओखलढुङ्गान्युज, चैत ३० घोराखोरी चम्पादेवीका स्थानीय युवा नेताले कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि आफ्नो वडालाई २ हजार थान मास्क उपलब्ध गराएका छन् । चम्पादेवी गाँउपालिका वडा नं. ७ साविकको कालिका गाविसका नेकपाका युवा नेता ज्ञान बहादुर बोगटीले आफ्नो वडाका नागरिकहरुका लागि दुई हजार थान मास्क उपलब्ध गराएका हुन ।

आफ्नो व्यबसायका लागि रामेछापमा बस्दै आएका युवा नेता बोगटीले आईतबार चम्पादेवी गाउँपालिका वडा नं. ७ को सामुदायीक स्वास्थ्य ईकाई फुलवारीलाई मास्क हस्तान्तरण गरेका हुन । चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शुरेश थापाको उपस्थितीमा युवा नेता बोगटीले मास्क हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय जिल्लाका स्थानीय वडाहरुमा उद्यमशील युवा, व्यबसायीहरुले आफ्नै गाउँठाँउका लागि मास्क, साबुन, सेनिटाईजर उपलब्ध गराउनदै आएका छन् भने केही व्यबसायीहरुले विपन्नहरुलाई खाद्यान्न समेत वितरण गर्न थालेका छन् । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा मास्क उपलब्ध गराएर अमुल्य सहयोग गरेकोमा बोगटीलाई धन्यवाद दिएका छ ।

शनिवार मात्रै नेकपा चम्पादेवी गाउँपालिका वडा नं. ७ वडा कमिटिको तर्फवाट सामुदायीक स्वास्थ्य ईकाईलाई ७ सय थान साबुन उपलब्ध गराईएको थियो ।