नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

चट्याङले खोटाङमा दुईजनाको ज्यान गयो

ओखलढुङ्गान्युज, चैत ३० खोटाङ । शनिबार साँझ पानीसगै परेको चट्याङका कारण खोटाङमा दुईजनाको ज्यान गएको छ । पानीसँगै परेको चट्याङले खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिका वडा नं १ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिकको मृत्यु भएको हो।

शनिबार साँझ पर्खजितको घरमा परेको चट्याङले राईको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक समेत घाईते भएका छन् ।

घाईते भएका दुबैजनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मनकलाको खुट्टामा र आसनको टाउको र घाँटीमा चोट लागेको पनि जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।