नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

महुली लघुवित्तका ३ कर्मचारीलाई क्वारेन्टाईन पठाईयो

ओखलढुङ्गान्युज, चैत २९ ओखलढुङ्गा रातारात ओखलढुङ्गा आएका महुली लघुवित्त संस्थाका तिनजना कर्मचारीलाई स्थानीयको अनुरोधमा क्वारेन्टाईनमा पठाईएको छ । सिरहा जिल्लाबाट रातारात ओखलढुङ्गा आएका ति कर्मचारीलाई नियन्त्रणमा लिई हाल सिद्धिचरण नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।

शुक्रवार राति सिराहा बाट दुईओटा मोटरसाईकलमा हिडेका उनीहरु शनिवार बिहान ओखलढुङ्गा आईपुगेका थिए । सरकारले घोषणा गरेको लकडाउनको अवधीमा एक स्थानिय तहबाट अर्का स्थानिय तहमा समेत जान नपाउने भनि आदेश जारी भएको छ । तर उनीहरु सरकारको आदेशलाई उल्लंघन गर्दै रातारात ओखलढुङ्गा प्रवेश गरेका हुन् । ओखलढुङ्गा आएका तिनै जना लघुवित्तका कर्मचारीहरुलाई मोटरसाईकल सहित क्वारेन्टाईनमा लगेर राखेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

उनीहरुलाई ओखलढुङ्गा सदरमुकाममा रहेको क्याम्पस भवनको क्वारेन्टाईनमा राखिएको छ । ओखलढुङ्गा आएका ती तिनैजनाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । लघुवित्तको केन्द्रिय कार्यालयले यसअघि कर्मचारीहरुलाई घरैमा बस्न र फिल्डमा नजान निर्देशन दिएको थियो । पहिला फिल्डमा नजान भनेपनि अहिले जिल्ला अपिसमा अनिवार्य उपस्थित भै काम गर्न निर्देशन दिएपछि उनीहरु रातारात ओखलढुङ्गा आएका हुन् ।