नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

श्रीचौर मंगलबारे बजारको एक घरमा आगलागी लाखौंको क्षति

ओखलढुङ्गान्युज, चैत २०, श्रीचौर बिहिवार विहान श्रीचौरको मंगलवारे बजारको एक घरमा आगलागी भएको छ । मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौर मंगलबारे बजारमा रहेको जाङ्बु शेर्पाको घरमा आगलागी हुदा लाखौंको क्षति भएको हो ।

घरधनीहरु घरमा नभएको बेला विहिवार विहान साढे ६ बजेतिर आगलागी भएको स्थानीय मिन बहादुर कटवालले जानकारी दिनुभयो । आगलागीको कारण शेर्पाको घर पूर्ण रुपमा ध्वस्त भएको छ भने छिमेकमा रहेका पदम बहादुर तामाङ र वडा सदस्य समेत रहेका माया तामाङको घरमा समेत क्षति पुगेको छ ।

आगलागीको कारण घरमा केही दिन अगाडी मुक्तिनाथ विकास बैकवाट ऋण लिएको नगद दुईलाख, १ तोला सुन, घरमा रहेको अन्य खाद्यान्न र लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको बताईएको छ । नजिकै रहेको प्रहरी र स्थानीयहरुको पहलमा आगोलाई नियन्त्रणमा लिईएको छ ।

आगलागी के कारणले भएको हो भन्ने बारेमा केही खुल्न सकेको छैन । आगलागीको कारण अनुसन्धान भैरहेको र क्षतिको विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।